मालबजार: युनेस्कोले दुर्गा पूजालाई विश्व सम्पदाको दर्जा दिएपछि यस वर्षको दुर्गा पूजामा थप रौनक बढ्ने भएको छ l यस वर्ष दुर्गा पूजाको तयारी चारैतिर धमाधम भइरहेको छ। मदेशदेखि लिएर पहाडमा पनि यस वर्ष दुर्गा पूजा धुमधामका साथ मनाउने तयारी भइरहेको छ। पहाडी भएका पनि उहिलेदेखिकै दुर्गा पूजा मनाउँदै आएको हो, तर यसपाली भने अझ विशेष हुने भएको छl
दार्जिलिङ पहाडी समुद्री सतहबाट ६ हजार २०० फिटको उचाइमा यसलाई विशेष रुपमा ढाक बज्नेछ। पञ्चमीदेखि दशमीसम्म पाँचदिने शारदीय दुर्गा पूजा पर्व मनाइनेछ। कालेबुङ जिल्लाको गोरुबाथान पुलिस थानाअन्तर्गत सुन्तलेबाट एक किलोमिटर टाढा रहेको झण्डी पर्यटकीय स्थलमा स्वर्गको थिममा दुर्गा पूजाको तयारी तीव्र रुपमा भइरहेको छ। मालबजार शहरबाट ३२ किलोमिटर टाढा रहेको झण्डी अहिले पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ। कञ्चनजङ्घाबाट सूर्योदय र सूर्यास्त, कहिले घाम र कहिले छायाँ, कहिले बाक्लो कुहिरोले ढाकेको झण्डीको सुन्दर मैदानले पर्यटकको मनलाई लोभ्याउँछ। सुन्तलेको झण्डी युनाइटेड क्लबको सौजन्यमा यसपटक झण्डीमा भव्य दुर्गा पूजा आयोजनाको तयारी भइरहेको छ। माँ दुर्गाको मुर्ति मालबजारबाट ल्याइने र कोलकाताबाट ढाक बोलाइएको होमस्टे ईस्टी कुटुमका आयोजक तथा सञ्चालक शुभम पोद्दारले बताएका छन्। मैनागढीका प्रख्यात पुजारीहरूले वैदिक मन्त्रका साथ चण्डी वाचन गर्नेछन्। पञ्चमी तिथीमा माता दुर्गा पण्डलमा विराजमान हुनेछिन्। त्यहाँ धुप नृत्य प्रतियोगिता पनि आयोजना गरिएको छ। भक्तजनका लागि दैनिक रुपमा भण्डाराको व्यवस्था गरिएको छ। पर्यटकहरुलाई जैविक खाद्यबाट बनेको स्वादिष्ट खाना खुवाइनेछ।