कप्तान गिलको दोहोरो शतकले भारतको ५८७ रन

IMG-20250704-WA0000

बर्मिंघम: कप्तान शुभमन गिल (२६९ रन)-को रेकर्ड दोहोरो शतकको दममा ईंग्ल्याण्डविरुद्ध जारी दोस्रो क्रिकेट टेस्ट म्याचमा भारत मजबूत स्थितिमा पुग्यो। भारतले बिहीवार म्याचको दोस्रो दिन आफ्नो पहिलो ईनिंग्समा ५८७ रन बनायो। जवाफमा ईंग्ल्याण्डले दोस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ३ विकेटको नोक्सानमा ७७ रन बनायो। यसरी ईंग्ल्याण्ड अहिले पनि पहिलो ईनिंग्सको आधारमा ५१० रन पछि रहेको छ। दोस्रो दिनको खेल समाप्त हुँदासम्म हेरी ब्रूक ३० र जो रुट १८ रनमा अविजित थिए। ईंग्ल्याण्डको आज शुरुवात असल रहेन अनि केवल २५ रनमै ३ विकेटको पतन भयो। यसमा बेन डकेट र ओली पोपलाई आकाश दीपले आउट गरे। यी दुवैले खाता पनि खोलेनन्। यसबाहेक ज्याक क्रली १९ रन बनाएर मोहम्मद सिराजको शिकार बने।
यसअघि भारतको पहिलो ईनिंग्समा कप्तान गिलको दोहोरो शतक मुख्य आकर्षण रह्यो, जसले ३८७ बल खेलेर ३० वटा चौका र ३ वटा छक्काको साथ २६९ रन बनाए। भारतले बिहीवार पनि ब्याटको साथ असाधारण प्रदर्शन गऱ्यो। गिलले रविन्द्र जडेजासँग २०३ रनको पार्टनरशीप गरी भारतलाई असल स्थितिमा पुऱ्याए। बुधवार पहिलो दिनको खेलमा २११ रनको स्कोरमा नीतीश रेड्डीको विकेट पतन भएपछि गिलले जडेजासँग साझेदारी शुरु गरेका थिए। भारतले आज पहिलो दिनको स्कोर ५ विकेटमा ३१० रनदेखि अघि खेल्दै आत्मविश्वासको साथ स्कोरलाई अघि बढ़ायो। यी दुईजनाले मिलेर आज बिहानको पहिलो सत्रमा भारतलाई कुनै नोक्सानको सम्मुखीन हुन दिएनन्। यस अवधि जडेजाले आफ्नो अर्द्धशतक पनि पूरा गरे। जडेजा ८९ रन बनाएर आउट भए। उनले १३७ बल खेलेर १० वटा चौका र १ वटा छक्का लगाए। जडेजाको पतनपछि गिलले वाशिंगटन सुन्दरबाट असल साथ पाए। यी दुईजनाले मिलेर सातौं विकेटको निम्ति १४४ रनको पार्टनरशीप गरे। यस साझेदारीको अवधि नै गिलले आफ्नो टेस्ट करियरको पहिलो दोहोरो शतक पनि पूरा गरे। भारतले सुन्दरलाई सातौं विकेटको रूपमा गुमायो। उनले १०३ बल खेलेर ३ वटा चौका र १ वटा छक्काको साथ ४२ रन बनाए। सुन्दर आउट भएको लगत्तै पछि कप्तान गिल जोश टंगको शिकार बने। त्यसपछि भारतको पहिलो ईनिंग्स समाप्त हुन अधिक समय लागेन। ईंग्ल्याण्डका बलरहरूमा शोएब बशीरले ३ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement