गान्तोक: सिक्किमको मुख्यमन्त्री प्रेमसिंह तामाङले देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको ७२औं जन्मदिनमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।मुख्यमन्त्री गोलेले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रधानमन्त्री मोदीलाई जन्मदिनको बधाई दिएका छन्।मुख्यमन्त्रीले भनेका छन्, प्रधानमन्त्री जनताका लागि ठूलो हौसला र प्रेरणाको स्रोत बनेका छन्। हामी नागरिकहरूका आशा अनि आकांक्षाहरूलाई पूर्ण गर्ने छौं भन्ने मलाई गहिरो विश्वास छ। उनको कार्यकालमा केन्द्र सरकारले गरेका धेरै पहलहरू आत्मनिर्भर भारत सिर्जना गर्ने प्रमाणको रूपमा खडा छन्। मुख्यमन्त्रीले सिक्किमेहरूको पक्षमा प्रधानमन्त्रीको सुस्वास्थ्य एवं खुशीको कामना गरेका छन्।











