पूर्व विधायक फेडरेशनद्वारा बिरूवारोपन

IMG-20250703-WA0128

गान्तोक: पर्यावरण पर्वको अवसरमा पूर्व विधायक फेडरेशन अफ् सिक्किमका सदस्यहरु पनि सक्रिय देखिएका छन्। फेडरेशनको २३औं वर्षगाँठ साथै वन्य एवं पर्यावरण विभागको संयुक्त पहलमा आज पाङथाङस्थित गोलीटारमा बिरूवारोपन कार्यक्रम आयोजन गरियो। कार्यक्रम विशेष गरेर राज्य सरकारद्वारा शुरू गरिएको मेरो रूख मेरो सन्तति र एक पेड माँ के नाम अभियानअन्तर्गत आयोजना गरिएको हो। मेरो रुख मेरो सन्तति’ सिक्किम सरकारको एक हरित पहल हो, जसको मुख्य उद्देश्य पर्यावरणको संरक्षण गर्नु र राज्यका मानिसहरूमा पर्यावरणप्रति जागरूक गराउनु रहेको थियो। एक पेड माँ के नामको उद्देश्य आफ्नो आमाको नाममा बिरूवा रोप्नु रहेको छ। यसको उद्देश्य समाजमा आमाको भूमिका र स्वच्छ पर्यावरण संरक्षणको महत्त्वलाई सम्मान गर्नु रहेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक थिन्ले छिरिङ भोटियाले वन विभागले यस कार्यक्रममा सबै वरिष्ठ सदस्यहरूलाई आमन्त्रित गरेकोमा धन्यवाद दिए। यसबाहेक, उनले सार्वजनिक स्थानमा जंगली जनावरहरूको प्रवेशलाई रोक्न जंगलमा पोम्सी र भद्रासे जस्ता बिरूवाहरू रोप्नुपर्ने आग्रह गरे। सोही प्रकारले मन्त्री पुरण कुमार गुरूङले एफएलएफएस सदस्यहरूलाई सक्रिय बनाउन कुनै कसर बाँकी नराख्ने आश्वासन दिए। उनले सबै पूर्व विधायकहरूको दीर्घायुको कामना गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement