गान्तोक: नवौं फसल बीमा सप्ताह योजनाको एक भागकोरूपमा पाकिम जिल्लाको पारखामा प्रधानमन्त्री फसल बीमा योजनाबारे जागरूकता कार्यक्रम सफलतापूर्वक सञ्चालन गरियो। कार्यक्रमको मुख्य उद्देश्य किसानहरूलाई प्रधानमन्त्री फसल बीमा योजनाअन्तर्गत प्राप्त विभिन्न प्रकारको सहुलियत र सुविधाबारे जागरूक गराउनु रहेको थियो। विशेष गरेर कुनै कारणवश किसानहरूको अन्नबालीमा क्षति पुगेको खण्डमा सम्बन्धित निकायमा गुनासो राख्नुपर्ने अवगत गराइयो।