केन्द्रीय अधिकारीहरुको टोली सोरेङ पुगे

IMG-20250703-WA0125

गान्तोक: सोरेङ जिल्लाका जिल्लापाल धीरज सुवेदीले खाद्य तथा सार्वजनिक वितरण कार्यक्रमहरूको कार्यसम्पादन समीक्षा गर्न सोरेङ आएका अधिकारी टोलीलाई स्वागत जनाए। टोलीमा सौरभ उमर र अंकित कुमार सामेल छन्। भ्रमणको क्रममा जिल्लापाल र केन्द्रीय सदस्यहरूले आकांक्षी जिल्ला कार्यक्रमहरूमार्फत जिल्लाको प्रगतिबारेमा जानकारी लिए। यसपछि टोलीलाई जिल्लामा रहेका बहुउद्देश्यीय सहकारी संस्था र प्राथमिक कृषि सहकारी संस्थाको सञ्चालन विवरणबारेमा जानकारी गराए। जिल्लापालले राज्य सरकारद्वारा हालसम्म जनतालाई विभिन्न क्षेत्रमा पुऱ्याएका सेवाबारे अवगत गराए। यस अवसरमा जिल्लापाल सुवेदीले सोरेङ जिल्लाका मानिसहरूले भोग्न परिरहेको इन्टरनेट जडान र नेटवर्क समस्याहरूबारे पनि जानकारी गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement