ड्रग्सविरूद्ध पुलिस सक्रिय, विभिन्न स्थान ड्रग्स बिक्रेता पक्राउ

IMG-20250703-WA0124

गान्तोक: गत २६ जूनको दिन राजधानीस्थित मनन केन्द्रमा आयोजित एक कार्यक्रमबीच मुख्यमन्त्री प्रेमसिँह तामाङले नशालु पदार्थको धन्दामा संलग्न कुनै पनि व्यक्तिहरूलाई माफ नगरिने चेताउनी दिएका थिए। नशामुक्त सिक्किम बनाउने पुलिससहित आम नागरिकहरूको भूमिकाबारे उल्लेख गरेका थिए। मुख्यमन्त्री तामाङले सिक्किम पुलिसलाई यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने निर्देशलाई अभियानको रुपमा रफ्तार दिँदै पुलिसले नशालु पदार्थविरूद्ध सक्रियरूपमा जाँच अभियान चलाएको छ। फलस्वरूप हाल पुलिसले विभिन्न क्षेत्रमा कडा निगरानी राख्दै नशालु पदार्थको धन्दामा संलग्न आरोपीलाई पक्राउ गर्दै आइरहेको छ। सोही क्रममा हिजो देन्ताम निवासी साम्तेन छिरिङ भोटिया र तादोङ निवासी भीम लिम्बूलाई रम्फूको पुरानो चेकपोस्टबाट भारी मात्रामा नशालु पदार्थसहित पक्राउ गरेको छ। आरोपीद्वय सिलगढीदेखि बसमा गान्तोक आइरहेका समयमा जाँचको क्रममा प्रतिवन्धित नशालु पदार्थसंगै पक्राउ परेका थिए। आरोपीबाट स्पास्मो प्रोक्सिवन क्याप्सुल फेला पारेपछि पुलिसले आरोपीद्वविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गरेको छ। सोही प्रकारले पाकिम निवासी इमानोयल बराईलीलाई १०.३२ ग्राम्स ब्राउन सुगरसहित प्रकाउ गरेको छ। आरपीविरूद्द पुलिसले एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ। यसरी नै रानीपुल पुलिसले मार्चकबाट २७.९६ ग्राम्स ब्राउन सुगरसितै पक्राउ गरेको छ। पुलिसले थप जानकारी गराएअनुसार आरोपी टाटा सुमो लिएर गान्तोक फर्किने क्रममा मार्चकमा पुलिसले जाँच गर्ने क्रममा पक्राउ गरेको थियो। आरोपी आलोक मूलरूपमा पश्चिम बंगालको मैनागढी निवासी हुन भने हाल उनी देउराली ट्याक्सी स्टयाण्ड नजिक बसोबासो गर्दै आइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement