खरसाङमा अन्तर्राष्ट्रिय प्लास्टिक ब्यागमुक्त दिवस पालन : खरसाङको‌ डाउहिल क्षेत्रलाई प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा

IMG-20250703-WA0110

खरसाङ: खरसाङको‌ डाउहिल क्षेत्रलाई प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा गरिएको छ। आज खरसाङको‌ डसउहिलस्थित ईको पार्कमा जीटीए प्रमुख अनित थापा र दार्जिलिङ जिल्ला शासक आईएएस डा प्रिति गोयलद्वारा रिबन काटेर उदघाटन गर्दै खरसाङको‌ डाउहिल क्षेत्रलाई प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा गरिएको छ।‌ यस अवसरमा दुवैले डाउहिलको ईको पार्क क्षेत्रको भ्रमण पनि गरेका थिए। यस भ्रमणको समय दुवैलाई डीएफओ आईएफएस देबेस पाण्डे र रेञ्जर अफिसर सम्बर्दा साधुले डाउहिल ईको पार्कको विषयमा विस्तृत जानकारी गराएका थिए।‌ यसै अवसरमा अन्तर्राष्ट्रिय प्लास्टिक ब्यागमुक्त दिवस पालन गर्दै स्थानीयहरुको‌ उपस्थितिमा डाउहिलको ईको पार्कदेखि सचेतना रैलीको आयोजना गर्दै डाउहिलस्थित सुवास घिसिङ स्मृति सार्वजनिक भवनसम्म आयोजना गरिएको थियो।

उक्त सचेतना रैलीमा प्लास्टिकमुक्त क्षेत्रको लागि विभिन्न सचेतनामूलक नाराहरु लगाइएको थियो। सचेतनामूलक नाराहरुलाई‌ रेञ्जर अफिसर सम्बर्दा साधुले अगुवाई गरेका थिए। उक्त रैलीमा जीटीए प्रमुख अनित थापा र दार्जिलिङ जिल्ला शासक आईएएस डा प्रिति गोयल लगायत अन्यहरुले सहभागिता जनाएका थिए। सुवास घिसिङ स्मृति सार्वजनिक भवनमा आएर अन्तर्राष्ट्रिय प्लास्टिक ब्यागमुक्त दिवस पालन गरिएको छ। यस अवसरमा स्वनिर्भर दलहरुद्वारा प्लास्टिकमुक्त ब्यागहरु प्रदर्शन गरिएको थियो।‌ विशेष गरेर घैयाबारी ग्राम पञ्चायत तीनको तर्फबाट लुगाबाट बनिएका झोलाहरु प्रदर्शन गरिएको थियो भने उक्त प्रकारका झोलाहरु जिल्ला शासक र जीटीए प्रमुख लगायत अन्यहरुलाई प्रदान गरेका थिए। यस अवसरमा खरसाङको डाउहिल क्षेत्रलाई प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा गरिएपछि डाउहिल क्षेत्रको प्रत्येक घरबाट संकलन गरिएको प्लास्टिकहरु खरसाङ खण्ड पञ्चायत समितिले गाडीधुरा लागेर रिसाईकल गर्ने भएको छ।‌यस कार्यको लागि डाउहिलको धोबीझोडा फरेस्ट भिलेजको जोइन्ट फरेस्ट म्यानेजमेन्ट कमिटी र खरसाङ खण्ड पञ्चायत समितिमाझ हस्ताक्षर गरिएको छ। उक्त अवसरमा खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री अनि जोइन्ट फरेस्ट म्यानेजमेन्ट कमिटीको सभापति अमीत थापा र सचिव रेञ्जर अफिसर सम्बर्दा साधुले हस्ताक्षर गरेका थिए।‌

यस कार्यक्रमलाई खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्तीले सञ्चालन गरेका थिए भने कर्माध्यक्ष भक्तिमान तामाङले वक्तव्य राखेका थिए। डाउहिललाई प्लास्टिक ब्यागमुक्त क्षेत्र घोषणा गरिएको र अन्तर्राष्ट्रिय प्लास्टिक ब्यागमुक्त दिवस पालन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै डीएफओ आईएफएस देबेस पाण्डे र धोबीझोडा फरेस्ट म्यानेजमेन्ट कमिटीको सभापति अमीत थापाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement