दार्जीलिङ पुलिस र माउण्ट हर्मोन एफसी विजयी

IMG-20250703-WA0082

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए) को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीग मा बिहीवार २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याच (दावा माइला डुक्पा मेमोरियल सोकेण्ड डीविजन लीग) मा माउण्ट हर्मोन एफसी ले बड़ा पत्ताबोंग एफसी विरुद्ध १-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट जोसेफ प्रधान ले गोल गरे। यसरी दोस्रो म्याच (डीबी प्रधान/अनिता प्रधान मेमोरियर प्रीमियर डीविजन लीग) मा दार्जीलिङ पुलिसले हिमालयन फूटबल क्लब विरुद्ध ३-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट अभिषेक दर्जी ले २ र मनिष सुब्बा ले १ गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement