केएफए को आयोजनमा दुई स्तरीय फूटबल लीग ५ जुलाईदेखि शुरु हुने

IMG-20250703-WA0086

खरसाङ: खरसाङ फूटबल एसोसिएशन (केएफए) को तत्त्वावधानमा २ स्तरीय फूटबल लीगको आयोजन गरिनेछ। लीग ए डीविजन र बी डीविजनमा आयोजन गरिनेछ। दुवै डीविजन का म्याचहरू ५ जुलाईदेखि शुरु हुनेछ। ए डीविजन लीग मा जम्मा ५ वटा टीमले हिस्सा लिनेछ। यसमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी), कञ्चनजंघा फूटबल क्लब (केएफसी), जेआर३२ फूटबल एकाडमी, खरसाङ लीजेण्ड्स भेटरन्स र आईटीआई टुंग फूटबल एकाडमी सामेल छ। म्याचहरू राउण्ड रोबिन आधारमा खेलिनेछ अनि लीग टेबलमा शीर्ष स्थानमा रहने टीम च्याम्पियन बन्नेछ। यसरी बी डीविजन लीग मा जम्मा ८ वटा टीमले हिस्सा लिनेछ। यसमा यूकेएफसी अण्डर-१७, खरसाङ भेटरन्स क्लब, त्रिशुली संघ र मकैबारी फूटबल क्लब ग्रुप ए-मा रहेको छ। यसरी ग्रुप बी मा खरसाङ स्पोर्टिंग क्लब, घूम्ती भेटरन्स क्लब, तीनधारे बोयज र सेण्ट मेरीज फूटबल क्लब सामेल छ। दुवै ग्रुप को शीर्ष स्थानमा रहने टीम बीच २० जुलाई मा फाइनल खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement