खेल मन्त्रालयद्वारा एशिया कपमा पाकिस्तानको हकी टीमलाई खेल्न दिने घोषणा

IMG-20250703-WA0081

नयाँ दिल्ली: भारत र पाकिस्तानबीच गत केही महिनादेखि जारी तनाउबीच खेल मन्त्रालयको सूत्रले उनीहरू पाकिस्तान हकी टीमलाई आउँदो महिना भारतमा हुने एशिया कपमा सामेल हुनदेखि नरोक्ने स्पष्ट गरेको छ। खेल मन्त्रालयको सूत्रले बिहीवार न्यूज एजेन्सी पीटीआई-लाई उनीहरू बहुराष्ट्रिय यस टुर्नामेण्टलाई कुनै पनि टीमलाई सामेल हुनदेखि रोक्नेछैनन्। हकी एशिया कपको आयोजन २७ अगस्तदेखि ७ सेप्टेम्बरसम्म बिहारको राजगीरमा हुनेछ। खेल मन्त्रालयको सूत्रले भने, हामी भारतमा हुने बहु-राष्ट्रिय टुर्नामेण्टहरूमा कुनै टीमको सामेल हुने विरोधमा छैनौं तर द्विपक्षीय सीरीजको कुरा अलग हुनेछ। हामी कुनै पनि टीमलाई टुर्नामेण्टबाट बाहिर गर्न सक्दैनौं अनि यही अन्तर्राष्ट्रिय खेलको माग हुन्छ। रुस र युक्रेनबीच लड़ाइँ जारी छ तर उनीरूले बहु-राष्ट्रिय टुर्नामेण्टहरूमा खेलिरहेका छन्।
यसरी सेप्टेम्बरमा पुरुष एशिया कप क्रिकेट टुर्नामेण्टको आयोजन हुनेछ अनि त्यस टुर्नामेण्टमा के भारतलाई पाकिस्तानसँग खेल्ने मञ्जुरी प्राप्त हुनेछ भन्ने प्रश्नको जवाफमा खेल मन्त्रालयका सूत्रले भने, यस मामिलामा बीसीसीआईले अहिलेसम्म हामीसँग सम्पर्क गरेको छैन। उनीहरूले प्रश्न गरे हामी सोचविचार गर्नेछौं। उल्लेखनीय छ, अपरेशन सिन्दूरले गर्दा आउँदो महिना हुने एशिया कप हकी टुर्नामेण्टमा पाकिस्तानको भागीदारी अनिश्चित मानिएको थियो। हकी एशिया कपमा भारतसहित ८ वटा टीमले हिस्सा लिनेछ। एशिया कपको साथमा नोभेम्बर-दिसम्बरमा हुने जूनियर वर्ल्ड कपमा पनि पाकिस्तानको हकी टीमलाई खेल्ने अनुमति दिइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement