नयाँ दिल्ली: स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, देशमा पछिल्लो २४ घण्टामा कोविड-१९ का सक्रिय केसहरू घटेर १,५०४ भएकाे छ। यसै अवधि काेराेनाले हरियाणा र केरलमा १-१ गरी २ जनाकाे मृत्यु भएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा यस रोगबाट ३९५ जना निको भएका छन्।
यससँगै, जनवरी २०२५ देखि हालसम्म देशमा १४६ जनाको मृत्यु भएको छ भने यस रोगबाट २६,४०६ जना निको भएका छन्।