सिलगढी: सिलगढी सहरमा पनि यस वर्ष कोलकातामा झै दुर्गा पुजा कार्निभलको आयोजन गरिने निधो भएको छ। यस कार्निभलमा शहरका नामी नामी साथै ऐतिहासिक क्लबहरूले भाग लिने भएको छन्। यस कार्निभलमा रंगारंग शोभायात्रा बाहेक बंगाली संस्कृतिमाथि पनि प्रकाश पारिने छ। यस कार्निभल आगामी ७ अक्टोबरको दिन सिलगढीमा समपन्न हुनेछ। यसलाई लिएर प्राथमिक चर्चा अगावै पुरा भइसकेको छ भने यसको अन्तिम रूप केही दिनमा नै तयारी गरिने भएको छ। आज मेयर गौतम देवले नगर निगमका अधिकारीहरू अनि पुलिससित बैठक गरे। उक्त बैठकमा कार्निभल के-के हुनेछ अनि यसको रूट कस्तो हुनेछ भन्ने बारे चर्चा गरियो बैठक पछि मेयर गौतम देवले बताए अनुसार कार्निभलमा २५ देखि ३० वटा पुजा गर्ने कमिटी सामेल हुनेछ भने यो विधान रोडबाट शुरू भएर हिलकार्ट रोड, सेभोक मोड़ हुँदै अन्तमा एयरभ्यू मोड़मा पुगेर सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ। आउँदो आइतवार हासमी चौकदेखि पुलिसको साथमा सड़कको निरीक्षण गर्ने पनि तिनले बताएका छन्। क्लबहरूको नाम फाइनल भइसकेको साथै तिनीहरूसित हाल कुराकानी भइरहेको पनि मेयर देवले जानकारी दिएका छन्।