फूलपाती कपः एमयूएफसी र बिर्तामोड़ (नेपाल) विजयी

IMG_20220917_191819.jpg

१७ सेप्टेम्बरः कसमस सेभेन (लाप्चेटार, रोहिनी)-को तत्त्वावधानमा आयोजित फूलपाती कप नक्आउट मिनी पोस्ट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। रोहिनी, लाप्चेटार खेल मैदानमा जारी यस थ्री ए साइड टुर्नामेण्टअन्तर्गत आज खेलिएको पहिलो म्याचमा एमयूएफसी-ले जम्काना एफसी-लाई ७-२-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा बिर्तामोड़ (नेपाल)-ले एके ४७-लाई ८-१-ले पराजित गऱ्यो। आजको दुवै म्याच चरम एकतर्फी रह्यो। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल म्याच ३० सेप्टेम्बरमा हुनेछ। फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement