प्रदेश भाजपा-मा नयाँ सदस्यहरूलाई स्वागत

IMG-20250701-WA0115

गान्तोक: एउटा सामान्य कार्यक्रमबीच आज केही विशेष व्यक्तिहरूले भारतीय जनता पार्टीको सदस्यता ग्रहण गरे। यो कार्यक्रम सिक्किम प्रदेश भाजपा-का अध्यक्ष डीआर थापाको आवासमा भएको हो। नयाँ सदस्यहरूलाई पार्टी अध्यक्ष थापाको साथमा कार्यकारी सदस्य भीभी लम्बू, मण्डल अध्यक्ष कृष्ण कुमार राई अनि अन्यले स्वागत जनाए।
पार्टीले विज्ञप्ति जारी गरेर बताएअनुसार सामाजिक अभियन्ताहरू मन बहादुर राई, दिनेश राई, कृष्ण बहादुर मगर र भानुभक्त मगरले सिक्किम प्रदेश भाजपाको सदस्यता ग्रहण गरेका छन्। नयाँ सदस्यहरूलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष थापाले पार्टी, राज्य र राष्ट्रको हितमा समर्पित भएर काम गर्ने आह्वान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement