महकुमा अधिकारीद्वारा तिमी बजारको निरीक्षण

IMG-20250701-WA0114

नाम्ची: नाम्ची महकुमा अधिकारी शरण कालिकोटेको नेतृत्वमा एक टोलीले आज तिमी बजारको संयुक्तरूपमा निरीक्षण गऱ्यो। निरीक्षणको क्रममा सरकारी योजनाहरुको कार्यान्वटन मापदण्डको आदारंमा भएको छ छैन सोबारेमा जायजा लिएको थियो। यस अवसरमा तिमी बजारमा सञ्चालित होटल, फास्ट फूड आउटलेटको निरीक्षण पनि गरियो। विशेष गरेर उपभोक्ताहरूलाई बिक्री गरिने आवश्यक वस्तुहरूको उपलब्धता, गुणस्तरीयता र सुरक्षाको अनुगमन गर्नु निरीक्षणको अर्को उद्देश्य रहेको थियो। निरीक्षण टोलीमा डीसीएसओ तेन्जिङ भोटिया, तिमी तार्कुका खण्ड विकास अधिकारी रोशन राई, एएसआई अमृता विश्वकर्मा लगायत सम्वन्धित निकायका अधिकारीहरू पनि सामेल रहेका थिए। यस क्रममा टोलीले धेरैवटा दोकानेहरूले म्याद सकिएको खाद्य सामग्रीहरू बेचिरहेको फेला पारेको छ। टोलीले म्याद सकेका बस्तुहरू बिक्री गरेको आरोपमा केही व्यापारीहरूलाई अनुसन्धानको निम्ति खण्ड विकास अधिकारीको निगरानीमा राखिएको छ। जफ्त गरिएका सामग्रीहरू बुधबार नष्ट गरिने बताइएको छ। टोलीले कानूनीरूपमा अनिवार्य व्यावसायिक सिलिन्डरहरूको सट्टा धेरै रेस्टुरेन्ट र फास्ट-फूड सञ्चालकहरूले घरेलु एलपीजीको गैरकानुनीरूपमा प्रयोग गर्दै आइरहेको पनि फेला पारेको थियो। व्यावसायिकरूपमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका दोकानेहरूले घरेलु एलपीजी ग्यास प्रयोग गरेर सार्वजनिक सुरक्षाको दृष्टिकोणले जोखिम पुग्ने बताइएको छ। महकुमा अधिकारीले सम्बन्धित होटल र रेस्टुरेन्ट मालिकहरूलाई व्यावसायिक उद्देश्यका लागि घरेलु सिलिन्डरको प्रयोग तुरुन्तै बन्द गर्नुपर्ने निर्देश दिएका छन्। जिल्ला नागरिक आपूर्ति कार्यालयले सबै विक्रेताहरू र व्यावसाय मालिकहरूलाई जनस्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिने अपील गरेको छ। सबै व्यावसायीहरूलाई स्वच्छताको मापदण्ड कायम राख्न आग्रह गर्दै म्याद सकिएको आवश्क खाद्य पदार्थ बिक्री नगर्ने आदेश दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement