नव जागरण च्यालेञ्ज ट्रफीः युनाइटेड कैलापानी मकैबारी र बुङकुलुंग एफसी विजयी

IMG-20220917-WA0156.jpg

१७ सेप्टेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको पहिलो म्याचमा युनाइटेड कैलापानी मकैबारीले थामी युथ क्लबलाई ५-२-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा बुङकुलुंग एफसी-ले निगाले युथ क्लबलाई २-०-ले पराजित गऱ्यो। आइतवार दुईवटा म्याच खेलिनेछ। पहिलो म्याचमा लंगभ्यू बरबोटे युनाइटेड र टिंगलिंग एफसी-बीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच दखली एफसी र थर्बु बोइज क्लबबीच खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement