नाम्ची: नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आज जिल्लास्तरीय समन्वय एवं अनुगमन समिति (दिशा) को बैठक जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिमको अध्यक्षतामा सम्पन्न भयो। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राजालिमले विभागहरूबीच निरन्तर सूचना प्रवाहलाई सहयोग गर्नुपर्ने विषयमा जोड दिइन्। प्रभावकारी योजना कार्यान्वयनको निम्ति विभागहरूबीच एक अर्कामा तालेमल हुनुपर्ने बताइन्। उनले सबै विभागहरूलाई समयबद्ध कार्यान्वयन पालना गर्न आग्रह गर्दै जिल्लाभरि अनुगमन समितिलाई मजबुत बनाउनको निम्ति सामुहिक प्रतिबद्धता हुनुपर्ने विषयमा ध्यान केन्द्रित गराइन्। यस बैठकको मुख्य उद्देश्य केन्द्र सरकारको ध्वाजवाहक कार्यक्रमलाई जिल्लाभऱि कार्यन्वयन गर्नु हो। राज्य र राष्ट्रिय उद्देश्यहरूसँग स्थानीय विकास गतिलाई राम्रोसँग तालमेल राखेर नयाँ उपायहरू निकाल्नुपर्ने प्रस्ताव राखे। बैठकको क्रममा समितिले ग्रामीण क्षेत्रहरूमा नेटवर्क कनेक्टिभिटी बढाउने तत्काल आवश्यकतामाथि जोड दियो। क्षेत्रस्तरीय कर्मचारीहरूद्वारा समयमै रिपोर्टिङ र अनलाइन तथ्याङक पेश गर्न सक्षम बनाउनु पर्ने विषयमा छलफल गरियो। यसरी नै प्रधानमन्त्री आवास योजनाले सिक्किमको भौगोलिक अवस्थाअनुरूप कार्यान्वयन गर्नुपर्ने आवश्यकतामाथि छलफल गरियो।