स्वयंलाई पन्तको प्रशंसक बताए ईग्ल्याण्डका कप्तान स्टोक्सले

IMG-20250701-WA0109

बर्मिंघम: भारत र ईंग्ल्याण्डबीच दोस्रो टेस्ट म्याच बुधवारदेखि शुरु हुनेछ। यसअघि ईंग्ल्याण्डका कप्तान बेन स्टोक्सले मंगलवार जसप्रीत बुमराहले जारी सीरीजको ५ वटा टेस्टमा केवल ३ वटा खेल्ने विषयमा अधिक केही बोल्न चाहेनन् अनि यसलाई भारतको समस्या बताए। यसको साथमा उनले भारतीय टीमले बुधवारदेखि यहाँ शुरु हुने दोस्रो टेस्ट म्याचमा कड़ा चुनौती पेश गर्ने आशा व्यक्त गरे। बुमराहले लीड्समा खेलिएको पहिलो टेस्ट म्याचमा असाधारण प्रदर्शन गरेका थिए अनि उनले ईंग्ल्याण्डको पहिलो ईनिंग्समा ५ विकेट पनि लिएका थिए तर प्रसिद्ध कृष्णा, मोहम्मद सिराज र शार्दुल ठाकुर जस्ता अन्य पेस बलरहरूबाट असल साथ नपाउँदा भारतले ५ विकेटले हारको सामना गर्नु परेको थियो। यस जीतको साथ ईंग्ल्याण्ड अहिले सीरीजमा १-० ले अघि रहेको छ। म्याचको पूर्वसंध्यामा स्टोक्सले बुमराहसँग सम्बन्धित प्रश्नको जवाफमा भने, यो भारतको समस्या हो अनि उनीहरूले हल खोजेर निकाल्नेछन्। म ईंग्ल्याण्डको कप्तान हूँ। ईंग्ल्याण्डका कप्तानसँग भारतीय टीमबारे प्रश्न गरिँदा उनले भने, भारत असल टीम हो। उनीहरूले प्रतिस्पर्धी क्रिकेट खेल्छन्। टीमका खेलाड़ीहरू जोशिलो छन् । यसैकारण हामी सतर्क रहनेछौं। यो नयाँ म्याच हो अनि हामी नयाँ शुरुवात गर्नेछौं। स्टोक्सले स्वयंलाई रिषभ पन्तको प्रशंसक बताए, जसले पहिलो टेस्ट म्याचको दुवै ईनिंग्समा शतकको साथ रेकर्ड बनाएका थिए। स्टोक्सले भने, प्रतिद्वन्द्वी टीममै भए पनि मलाई पन्तलाई खेलिरहेको हेर्नु राम्रो लाग्छ। खेलको सबै प्रारूपमा उनको खेल्ने तरिका मलाई मन पर्छ। उनलाई खुलेर खेल्ने मौका दिए गत हप्ता जस्तो हुन्छ। हामी उनलाई रोक्ने प्रयास गर्नेछौं। हामी रणनीति बनाउनेछौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement