ल्याण्ड रिफर्म्स युनाइटेड विजयी, दोस्रो म्याच ड्र

photocollage_202571232353837

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा मंगलवार २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको दुवै म्याच सोकेण्ड डीविजन लीग (दावा माईला डुक्पा मेमोरियल) को रह्यो। पहिलो म्याचमा ल्याण्ड रिफर्म्स युनाइटेडले सेण्ट पल्स स्कूलविरुद्ध ५-१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट नगेन सुब्बाले ह्याट्रिक गरे। यसबाहेक बिशु थामीले १ गोल गरे। अन्य एउटा गोल आत्मघाती रह्यो। सेण्ट पल्स स्कूलको तर्फबाट एम. थायाकोनले गोल गरे। यसरी धजिया युनाइटेड एफसी र टाउन युनाइटेड एफसीबीच खेलिएको दोस्रो म्याच १-१ ले ड्र रह्यो। धजिया युनाइटेड एफसीको तर्फबाट वांगेल तामाङले गोल गरे। यसरी टाउन युनाइटेडको तर्फबाट विवांग्शु सुब्बाले गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement