खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर १७ मा पैह्रो गएर अमृता लामाको घरको देवल भत्केर तल्लोपट्टि प्रतिका कार्कीको घरलाई क्षति गरेको जानकारी प्राप्त भएको छ। यस वर्ष वर्षाको समय अघि नै पानी परेर त्रास भईरहेको समय खरसाङ नगरपालिकाको वार्ड नम्बर १७ फेरि पैह्रो झरेको जानकारी प्राप्त भएको छ। पानी झरी र पैह्रोले क्षति गरेको रिपोर्ट नगरपालिकामार्फत सरकार समक्ष नपुगी नै आज अस्ति नालिस गरेको घर धस्किदैछ भनेको समय दिउँसो २:३० बजीतिर खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर १७ मा पैह्रोले एक क्षतिग्रस्त भएको जानकारी प्राप्त भएको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले दिएका छन्। उनले बताए अनुसार उक्त विषय लिएर गत केही दिन अघि खरसाङ नगरपालिकामा रिपोर्ट गरेका थिए।

उक्त विषय लिएर खरसाङ नगरपालिका एसएई सञ्जय थापा अनि सोनाम लामाद्वारा निरीक्षण गरी खरसाङ महकुमा कार्यालय रिलिफ विभागमा जानकारी गराई सकेता पनि उक्त देवाल मरमत्ति कार्य गर्न सरकारी नियम अनुसार कागजपत्र तयारी गर्दा नगर्दा आजको पानीले अझैं ठूलो क्षति हुन पुग्यो भने दुवै परिवारहरुलाई ज्यान जोगाई अन्य सुरक्षित स्थानमा गाउँ समाजले राखेको जानकारी गराएका छन्।










