कालचिनी- आज जल्दापाड़ा डिभिजनका निलपाड़ा रेञ्जमा बसिएको एउटा बैठकमा दलसिंहपाड़ा र तोर्षा चियाबारीका प्रबन्धक अनि ट्रेड यूनियन प्रतिनिधिहरूले कमानमा जङ्गली हात्तीको आक्रमणमा श्रमिक अनि गैर श्रमिक बासिन्दाहरूको घर भत्किए त्यसलाई बनाइदिने निवेदन राखिएको छ।
दलसिंहपाड़ा टीसीबीएसयूको सचिव शाहजहाँ रहमानले कमानमा जङ्गली हात्तीको उत्पातबाट श्रमिकको घर भत्किए कमान प्रबन्धनपक्षले मरम्मती गर्ने गरेको तर कमानमा बस्दै आइरहेको गैर श्रमिक परिवारको घरहरू भत्किए कमानले यसको केही अभिभारा नलिने हुनाले यसको व्यवस्था बन विभागले गरिदिने निवेदन गरिएको र यसको निम्ति जिल्ला शासक मार्फत मुख्यमन्त्री समक्ष निवेदन गरिने जनाएका छन्।










