खरसाङ नगरपालिकाद्वारा राष्ट्रिय चिकित्सक दिवस पालन गर्दै चिकित्सकहरुलाई सम्मान

IMG-20250701-WA0085

खरसाङ: खरसाङ नगरपालिका अध्यक्षको प्रेक्षागृहमा राष्ट्रिय चिकित्सक दिवस पालन गरिएको छ। खरसाङ नगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत दुईजना डाक्टरहरूलाई पनि “राष्ट्रीय चिकित्सक दिवस” को उपलक्ष्यमा डाक्टर डे लेखिएको केक काटेर बधाई एवं शुभकामना व्यक्त गरे साथै खरसाङ नगरपालिका कर्मचारीवर्ग एवं एसडब्ल्युएम प्रोजेक्ट अनुसार कार्यरत्‌ निर्मल साथीहरूले डाक्टरहरूलाई खदा लगाएर बधाई एवं शुभकामना व्यक्त गरेका छन्।‌ खरसाङ नगराध्यक्ष ब्रिगेन गुरूङ एवं उपाध्यक्ष सुवास प्रधानले पनि खदासहित उपहार दिएर बधाई शुभकामना एवं आगामी दिनहरूमा नगरवासीहरू स्वास्थ्य जाँच क्याम्प सञ्चालन गरी विगत दिन झैं सेवा प्रदान गरिदिने आव्हान गरे। स्व. डाक्टर विधानचन्द्र रोयलाई स्मरणमा गर्दै १९५० सालदेखि नै राष्ट्रिय चिकित्सक दिवसको रूपमा पालन गरिन्छ। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर २० मा रहेको ” पशु अस्पताल”
जसलाई भेटनेरी भनेर चिनिन्छ।

उक्त अस्पतालमा कार्यरत् पहाडकै चेली डाक्टर सुडेनला छिरिड भोटियालाई पनि उनकै कार्यालयमा पुगी नगराध्यक्ष ब्रिगेन गुरूङ, उपाध्यक्ष सुवास प्रधान, छोटा बाबु रवि प्रधान अनि कर्मचारी प्रेम तामाङले खदा लगाएर केक काटेर बधाई एवं शुभकामना दिएका छन्। उनी खरसाङको पशु अस्पतालको अभिभारा लिएर खरसाङ आए खरसाङ नगरपालिकालाई सहयोग पुर्‍याईरहेको खरसाङ छेत्रमा उनले पशु चिकित्स शिविर राखेर धेरै योगदान पुर्‍याएका छन्।आगमी दिनहरूमा यस्तै क्याम्पको आयोजन गरिने जानकारी रहेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement