खरसाङ महकुमा अस्पतालमा डाक्टरहरुलाई सम्मान जनाउँदै राष्ट्रिय चिकित्सक दिवस पालन

IMG-20250701-WA0082

खरसाङ: राष्ट्रिय चिकित्सक दिवसको उपलक्ष्यमा विगत वर्ष झैं यस वर्ष पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाड महकुमा समितिद्वारा खरसाङ महकुमा अस्पतालमा डाक्टरहरुलाई सम्मान गरेर पालन गरिएको छ। यस अवसरमा भागोप्रमो खरसाङ महकुमा समितिको अध्यक्ष सुवास प्रधान र जीटीएको स्वास्थ्य एंव परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पाको पहलमा खरसाङ महकुमा अस्पतालमा कार्यरत् डाक्टरहरूलाई खदा एवं उपहार दिएर डाक्टर दिवसको हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दै सुस्वास्थ्यको कामना गरेका छन्। यसको साथै आगामी दिनहरूमा रोगीहरूको स्वास्थ्य उपचारहरूमा सबैलाई सहयोग गरिदिने अनुरोध गरेका‌ छन्। खरसाङ अस्पतालबाट अवकाश प्राप्त गरे पनि खरसाङलाई माया गरी खरसाङवासीहरूको चिरपरिचित डाक्टर बारूईलाई पनि खदार्पणसहित सुस्वास्थ्यको कामना साथै उनको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै हार्दिक बधाई र शुभकामना दिइएको छ।

डाक्टरहरूलाई सम्मान व्यक्त गर्ने टोलीमा भागोप्रमो खरसाड महकुमा उपाध्यक्ष शंकर रावत, प्रचार प्रसार सचिव दिपेन सेवा, फिरोज खान, खरसाङ टाउन कमिटी अध्यक्ष राजु शर्मा, सचिव बिरबल पाख्रिन, सञ्जय मुखिया, विकास तामाङ आदिको उपस्थिति रहेका थिए। खरसाङ महकुमा अस्पतालमा चिकित्सक दिवस पालन गरिएको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement