ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत विद्यार्थी नानीहरुका‌ लागि सुरक्षा बेल्टहरु प्रदान

IMG-20250701-WA0080

खरसाङ: खरसाङ पुलिस थाना अन्तर्गत गाडीधुरा पुलिस आउट पोष्टको ट्राफिक ओसी सञ्जीव दत्तको अगुवाईमा ३ वर्षदेखि ७ वर्षसम्मका विद्यार्थी नानीहरुलाई सुरक्षाको लागि बाइकमा पछाडी पक्रनलाई सुरक्षा बेल्ट प्रदान गरेका छन्। गाडीधुरा ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तको अगुवाईमा मंगलबार १ जुलाईदेखि आगामी ८ जुलाईसम्म सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम सेभ ड्राइभ सेफ लाइभ आयोजना गरिएको छ।

यही सचेतना कार्यक्रम अन्तर्गत विद्यार्थी नानीहरुलाई सुरक्षाको लागि सुरक्षा बेल्टहरु प्रदान गरिएको छ। यस क्षेत्रमा रहेका अभिभावकहरुले विद्यार्थी नानीहरुलाई बाइक र स्कुटीको पछाडी लाने गर्छन् जुन सुरक्षित नरहेको कारणले ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तको अगुवाईमा ३ देखि ७ वर्षसम्मका जम्मा २५ जना नानीहरुका‌ लागि अभिभावकहरुलाई सुरक्षा बेल्ट प्रदान गरिएको छ। यसले गर्दा अभिभावकको पछाडी बाइक र स्कुटीको पछाडी विद्यालय जाने विद्यार्थी नानीहरुलाई सुरक्षा प्रदान गर्दछ।

ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तको अगुवाईमा सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत ८ जुलाईसम्म ट्राफिक सचेतनाको लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिने ट्राफिक पुलिस प्रभारी सञ्जीव दत्तले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement