सोनादा: सोनादा महिला हस्तशिल्प एंव सिलाई बुनाई केन्द्र अप्पर पचेङमा एक महिनाव्यापी सिलाई बुनाई प्रशिक्षण शिविरको समापन भएको छ। यस महिनाव्यापी सिलाई बुनाई प्रशिक्षण शिविरमा जम्मा २० जना महिलाहरुले भाग लिएका थिए। यस महिनाव्यापी सिलाई बुनाई प्रशिक्षणमा डीआईसी दार्जिलिङको जेनेरल म्यानेजर प्रवण सर, दिवस लामा, चन्द्र मुखिया, ओम मुखिया, आदिको उपस्थितिमा २० जना प्रशिक्षण पूरा गरेका महिलाहरुलाई प्रमाण पत्रहरु वितरण गरिएको छ।सोनादा महिला हस्तशिल्प एंव सिलाई बुनाई केन्द्र अप्पर पचेङ सोनादामा २०१४ मा पाँचजना क्रियाशील महिलाहरुले स्थापना गरेका थिए। यस सोनादा महिला हस्तशिल्प एंव सिलाई बुनाई केन्द्रले अहिलेसम्म सोनादा र वरिपरिका महिलाहरुलाई प्रशिक्षण दिएर स्वनिर्भर बनाउन ठूलो सहयोग गिरहेका छन् भने अहिले पनि यो कार्य निरन्तर रूपमा जारी रहेको छ। सोनादा महिला हस्तशिल्प एंव सिलाई बुनाई केन्द्रको सभापति सपना लामा, सचिव उमा थापा, कोषाध्यक्षा अञ्जना प्रधान, निर्देशिकामा चेलु तामाङ र सदस्यहरुमा सकिला प्रधान, लमु शेर्पा, सनिता तामाङ रहेका छन्। यस सिलाई बुनाई प्रशिक्षण केन्द्रको माध्यमबाट सोनादा पचेङ र वरिपरि क्षेत्रका महिलाहरुलाई स्वनिर्भर बनाउन ठूलो सहयोग पुराई रहेको छ।