पाँच सय लाभार्थीलाई आयुष्मान भारत र ई श्रम कार्ड वितरण

IMG-20250630-WA0173

गान्तोक: भारतीय जनता पार्टी, गेजिङ जिल्ला टोलीले आज देन्ताम र गेजिङ बर्मेक समष्टिमा पाँच सयभन्दा अधिक लाभार्थीलाई आयुष्मान भारत र ई श्रम कार्ड वितरण गऱ्यो। हालै पार्टीले क्षेत्रमा सम्पन्न गरेको घर दैलो सेवा र सम्पर्क अभियानको क्रममा पञ्जीकृत लाभार्थीहरूलाई आज केन्द्र सरकारका यी सुविधाहरू प्रदान गरिएको हो। यस अवसरमा पार्टीका अन्य शीर्ष नेता र कार्यकर्ताको साथमा राष्ट्रीय परिषदका सदस्य तथा पूर्व मन्त्री नरेन्द्र कुमार सुब्बाको विशेष उपस्थिति रहेको थियो।
यस विशेष पहलको उद्देश्य आयुष्मान भारत र ई-श्रम जस्ता केन्द्र सरकारका प्रमुख कल्याणकारी योजनाहरूको लाभ प्रत्येक नागरिकसम्म पुऱ्याउनु रहेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नेताहरूले
भेलालाई सम्बोधन गर्दै नेताहरूले तल्लो तहमा समावेशी विकास र कल्याणकारी सेवा प्रदान गर्ने पार्टीको अटुट प्रतिबद्धता दोहोर्‍याए। उनीहरूले सक्रिय सहभागिताका लागि जनताप्रति कृतज्ञता व्यक्त गरे र कार्यक्रमको सफलतामा योगदान पुर्‍याउने सबै कार्यकर्ताहरूको इमान्दार प्रयासको सराहना पनि गरे।
भारतीय जनता पार्टी सिक्किममा समाजको हरेक वर्गको कल्याण र प्रगतिको लागि काम गर्न समर्पित रहेको प्रेस विज्ञप्ती जारी गरेर बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement