पाकिममा जल स्वच्छता समीक्षा समितिको बैठक

IMG-20250630-WA0172

गान्तोक: पाकिम जिल्लाका जिल्लापाल रोहन आगवानेको अध्यक्षतमा आज जिल्ला प्रशानिक केन्द्रको प्रेक्षागृहमा बसेको एक उच्चस्तरीय बैठकले जल स्वच्छता एवं अनुगमन समितिको कार्य प्रगतिबारे टर्टा गऱ्यो। बैठकको मुख्य उद्देश्य जल जीवन मिशनअन्तर्गत पानी तथा सरसफाई योजनाको प्रगतिमाथि समीक्षा गर्नका साथै जिल्लामा सुरक्षित र पर्याप्त पिउने पानीको प्रबन्धनबारे छलफल गर्नु थियो. जल जीवन मिशनलाई लिएर खण्डस्तरीय समीक्षाअन्तर्गत पूर्वाधार विकास, पानीको पाइप जडान र चुनौतीहरूबारे छलफल गरियो। छलफलको क्रममा गाउँमा पानी तथा सरसफाइ समिति, स्रोत खोजी र गुनासो निवारण समितिहरूको गठन साथै पानी स्रोतको विनियोजनको कार्यान्वयनमाथि जानकारी पनि दिएको थुयो। बैठकमा जिल्लापाले सम्बन्धित विभागका अधिकारीहरूलाई शीघ्र समिति गठन गर्ने, समयमै प्रतिवेदन तयार गर्ने, जनचेतना बढाउने र जेजेएमअन्तर्गतका समस्याहरूलाई सम्बोधन गर्ने निर्देशन दिए। यस अवसरमा अतिरिक्त जिल्लापाल (विकास) रविन सेवा, शिक्षा विभागका संयुक्त निर्देशक भक्ति शर्मा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement