राजभवनमा स्काउट्स एण्ड गाईड्सका कार्यकर्ताहरु सम्मानित

IMG-20250630-WA0171

गान्तोक: यस वर्ष पनि राजभवनमा राज्य पुरस्कार सम्मान समारोह आयोजन गरियो। यस कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। कार्यक्रममा स्काउटस एण्ड गाइडमा उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न विद्यालयलाई भारत स्काउटस एण्ड गाइड कार्यक्रमअन्तर्गत उदाहरणीय समर्पण अनि सेवालाई ध्यानमा राख्दै पुरस्कार प्रदान गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल माथुरले पुरस्कृत व्यक्तिहरूलाई उल्लेखनीय उपलब्धिको निम्ति बधाई एवं शुभकामना दिए। उनले राष्ट्रिय मूल्य मान्यतामा गहिरो सम्बन्ध रहेको संस्था भारत स्काउट्स एण्ड गाइड्सले देखाएको देशभक्ति र सेवाको भावना गर्वको विषय भएको बताए।

यस प्रकारको कार्यक्रमको महत्त्वलाई प्रकाश पार्दै राज्यपालले भने, यस्ता कार्यक्रमहरूले बालबालिकाहरूलाई राष्ट्रको लागि बहुमूल्य सम्पत्ति र विश्वव्यापी मानव समुदायमा योगदान गराउन प्रोत्साहित गर्छन्। स्काउट्स र गाइडहरूको अनुशासन, समर्पण र सेवाको मूल मूल्यहरूले सेवा आफैमा धर्मको एक रूप हो भन्ने विश्वासलाई प्रतिबिम्बित गर्दछ र आजको समारोहले साँच्चै त्यो नैतिकतालाई मूर्त रूप दिएको छ. राज्यपालले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement