लोवर लुङजिकमा बालबालिकाहरूको निम्ति स्वास्थ्य शिविर

IMG-20250630-WA0169

गेजिङ: गेजिङ जिल्लाको लोवर लुङजिकमा सिक्किम राज्य बाल अधिकार संरक्षण आयोगको निर्देशनमा बालबालिकाका लागि विशेष स्वास्थ्य शिविर सम्पन्न गरियो। हिना इन्टरप्राइजेसको सहकार्यमा सम्पन्न भएको शिविरमा स्थानीयहरूले स्वास्थ्य लाभ उठाइका थिए। यस अवसरमा बोङतेन र सारदोङ ग्राम पञ्चायत यूनिटका नानीहरूले स्वास्थ्य जाँच गराए। उक्त शिविरमा नानीहरूको स्वास्थ्य जाँच गर्नको साथै निःशुल्क औषधि र परामर्श पनि दिइयो। यस क्रममा शरीरमा चाहिने आवश्यक पोषण तत्व र स्वच्छताबारे उपस्थित अभिभावकहरूलाई जानकारी गराएका थिए। सिक्किम राज्य बाल अधिकार संरक्षण आयोगले बालबालिकाको संरक्षण र अधिकारको निम्ति प्रतिवद्ध रहँदै विभिन्न हिताधारकहरूसँग मिलेर सामुहिक विकासको निम्ति काम गर्दै आएको छ।

About Author

Advertisement