मुख्यमन्त्रीको एनएचआइडीसीएलका प्रतिनिधिहरूसँग बैठक

IMG-20250630-WA0168

सेभोक-गान्तोक राष्ट्रिय राजमार्ग-१० को स्थायी समाधान जरुरीः मुख्यमन्त्री

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) का प्रबन्ध निर्देशक डा. कृष्ण कुमार र प्रतिनिधिमण्डल, सिक्किम सरकारका सडक तथा पुल विभागीय मन्त्री एनबी दाहाल, सल्लाहकार तथा विधायक एरुङ टी. लेप्चा र एनएचआईडीसीएलका प्रमुख अभियन्ता सुकबीर सुब्बासँग बैठक गरे। मुख्यमन्त्रीको सरकारी निवास मिन्तोगाङमा भएको उक्त बैठकमा विद्यमान सेभोक-गान्तोक राजमार्गको बिग्रँदो अवस्थामाथि छसफल गरिएको थियो। उक्त सडक निर्माण गर्न चुनौतीपूर्ण रहेको र प्रतिकूल मौसमको कारण निर्माण कार्यमा वाधा उत्पन्न भएको प्रतिनिधि टोलीले मुख्यमन्त्रीलाई अवगत गराए। मुख्यमन्त्रीले वर्षभरि सुरक्षित र निर्बाध यात्रा सुनिश्चित गर्न सक्ने डबल-लेन राजमार्गकोरूपमा स्थायी समाधानको आवश्यकतामाथि जोड दिए। मुख्यमन्त्रीको कुरा सुनेपछि एनएचआइडीसीएलका अधिकारीहरूले निकट भविष्यमा राष्ट्रीय राजमार्गलाई आधुनिक मापदण्डअनुसार विकास गर्ने योजनालाई आत्मसाथ गर्दै अघि बढाउने अवगत गराए। बैठकको क्रममा मुख्यमन्त्रीले २३ किलोमिटर लामो मल्ली-सिङ्तामलाई जोडने राष्ट्रीय राजमार्गको घोषणा गरेकोमा सडक यातायात तथा राजमार्ग मन्त्रालयप्रति आभार पनि व्यक्त गरे। यो वैकल्पिक मार्गले यस क्षेत्रको आर्थिक पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। जसले स्थानीय बासिन्दा र यात्रु दुवैलाई लाभ पुग्ने मुख्यमन्त्रीले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement