गान्तोक: पेन्शन नोट पोजिशन अभियानअन्तर्गत सिटिजन एक्शन पार्टी, सिक्किम (क्याप सिक्किम) को नाम्ची जिल्ला युवा परिषदका सदस्यहरूले आज नाम्चीमा सड़क एवं पुल र शिक्षा विभागका अधिकारीहरूसँग भेट गऱ्यो। विभागका अफिसरहरूसित छलफल गर्दै युवा परिषदका सदस्यहरूले सिक्किमको दीर्घकालीन हितलाई ध्यानमा राखेर एक्सटेन्शनमा रहेका सेवानिवृत्त कर्मचारीहरूलाई स्वेच्छाले पदत्याग गर्ने आग्रह गरे। सम्बन्धित अधिकारीहरूले उक्त आग्रहलाई सकरात्मक रुपमा लिएको पार्टीले प्रेस विज्ञप्ती जारी गरेर बताएको छ।
थाहा लागेअनुसार सिटिजन एक्शन पार्टी, सिक्किमले राज्य सरकारको कार्मिक विभागमा सूचनाको अधिकार ऐन मार्फत नाम्ची जिल्लामा एक्सटेन्शनमा रहेका अधिकारीहरूको सूची मागेको थियो। विभागले जम्मा ८३ जना अधिकारीको नाम दिएको तर त्यो विवरण अस्पष्ट रहेको पार्टीको भनाइ रहेको छ। उल्लेखनीय छ, पेन्शन नोट पोजिशन सरकारी अधिकारीहरूको एक्सटेन्शन विरुद्ध सिटिजन एक्शन पार्टी, सिक्किमको राज्यव्यापी अभियान हो।
पार्टीले आगामी दिनमा नाम्ची जिल्लामा अन्य विभागहरूमा पनि पेन्शन नो पोजिशन अभियान चलाउने बताएको छ।