दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए) को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीग मा सोमवार २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको दुवै म्याच सोकेण्ड डीविजन लीग (दावा माईला डुक्पा मेमोरियल)-को रह्यो। पहिलो म्याच मा गेलोंगटार बोयजले दार्जीलिङ सिंग्सा भूटिया युथ क्लबविरुद्ध ६-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट प्रज्वल तामाङले ह्याट्रिक गरे। यसबाहेक अनुरोध देवानले २ र नितेश गुरुङले १ गोल गरे। यसरी दोस्रो म्याचमा डाली यंग बोयज क्लबले ग्लेनरीज युनाइटेडविरुद्ध ४-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट अदिश राईले ह्याट्रिक गरे। अन्य एक गोल सोनम शेर्पाले गरे।