दोस्रो टेस्टको निम्ति ईंग्ल्याण्डको टीममा स्थान पाएनन् जोफ्रा आर्चरले

IMG-20250630-WA0164

बर्मिंघम: ईंग्ल्याण्ड एवम् वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले भारतविरुद्ध २ जुलाईदेखि शुरु हुने दोस्रो टेस्ट म्याचको निम्ति अन्तिम एकादशको सोमवार घोषणा गऱ्यो। टीममा कुनै फेरबदल गरिएको छैन अनि पेस बलर जोफ्रा आर्चर फेरि एकपल्ट म्याचमा देखिनेछैनन्। भारत र ईंग्ल्याण्डबीच ५ वटा टेस्ट म्याचको सीरीजअन्तर्गत दोस्रो म्याच एजबेस्टनमा खेलिनेछ। सोमवार पारिवारिक समस्याले गर्दा आर्चर टीमको अभ्यास सत्रमा सामेल भएनन्। ईंग्ल्याण्ड अहिले ५ वटा म्याचको सीरीजमा १-० ले अघि रहेको छ। लीड्समा खेलिएको पहिलो टेस्ट म्याचमा ईंग्ल्याण्डले भारतलाई ५ विकेटले पराजित गरेको थियो। भारतसँग दोस्रो टेस्ट म्याच जितेर सीरीजमा बराबरी हासिल गर्ने मौका रहनेछ।
ईंग्ल्याण्डको अन्तिम एकादश यसप्रकार छः
ज्याक क्रली, बेन डकेट, ओली पोप, जो रुट, ह्यारी ब्रूक, बेन स्टोक्स (कप्तान), जेमी स्मिथ (विकेटकीपर), क्रिस वोक्स, ब्राइडन कार्स, जोश टंग र शोएब बशीर
मुख्य प्रशिक्षकः ब्रेण्डन म्याक्कुलम

About Author

Advertisement