कुटपिट गरी वृद्ध महिलाकाेसुनको गहना लुट

IMG-20240717-WA0003

सिलगढ़ी: सिलगढ़ीको दक्षिण शान्तिनगर क्षेत्रमा सोमवार भोर बिहान उपद्रवीहरू एक वृद्ध महिलाकाे घरमा पसेर कुटपिट गरी सुनका गहनाहरू लुटे।
प्राप्त जानकारी अनुसार भोर बिहान तीनजना हतियारधारी उपद्रवीहरू वृद्ध महिला श्यामोली चक्रवर्तीको घरमा पसे। उनीहरूले वृद्ध महिलामाथि कुटपिट गरी मुखमा कपड़ा खाँदिदिए, त्यसपछि वृद्धाको सुनको चुरा, बाली लुटेर भागे।
वृद्ध महिलाले बताइन्, घरमा तीनजना मानिसहरू आएका थिए। सबैले अनुहार ढाकेका थिए। उपद्रवीहरूले मेरो मुखमा कपड़ा खाँदिदिए अनि ममाथि कुटपिट पनि गरे। पछि वृद्धा छेवैको कोठामा पसेर आफ्नो छोरालाई घटनाको जानकारी दिइन्। घटनापछि पीड़ित परिवारको पक्षबाट पुलिसलाई सूचित गरिएको छ।
उल्लेखनीय छ, केही दिनअघि पनि दक्षिण शान्तिनगर क्षेत्रस्थित एउटा घरमा दुस्साहसिक चोरीको घटना भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement