सोनादा: अन्तर्राष्ट्रिय सहकारिता वर्ष २०२५ लाई पालन गर्दै धोतरिया माध्यमिक विद्यालयमा दार्जिलिङ जिल्ला सेन्ट्रल काे-ओपरेटिभ बैंक अनि काे-ओपरेटिभ डिपार्टमेन्टकाे पक्षबाट एउटा जागरूकता कार्यक्रमको आयोजना गरियो। यस कार्यक्रममा मुख्य अतिथि दिपक पासवान, डीजीएम नावर्ड उपस्थित रहेका थिए भने शिव कुमार राई, डीजीएम काे-ओपरेटिभ बैंक, सरगम बराइली, डिस्ट्रिक इन्सट्रक्टर , काे-ओपरेटिभ डिपार्टमेन्ट, देवेन चन्द्र प्रधान, फिल्ड अफिसर, काे-ओपरेटिभ बैंकबाट विशेष उपस्थिति रहेको थियो। यस कार्यक्रममा नानीहरूलाई काे-ओपरेटिभ साथै वृक्ष रोपण लिएर जागरूकता गराइएको छ।कार्यक्रममा नानीहरूको निम्ति खुल्ला हाजिरी जवाफ अनि तर्क प्रतियोगीता कार्यक्रम पनि सम्पन्न गरियो जसमा विजय नानीहरुलाई पुरस्कारसँगै नानीहरूलाई प्रमाण पत्र पनि वितरण गरियो। कार्यक्रमको अन्त्यमा विद्यालयको प्रधान अध्यापक प्रेम लामाद्वारा सबै पदाधिकारी, विद्यार्थीवर्गलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा पनि गरिदिने अनुरोध गर्दै कार्यक्रम समापन गरियो।