सिंगेल चियाबारीमा बनिने बुध्द पार्क निर्माणमा पचास हजार सहयोग प्रदान

IMG-20250630-WA0128

खरसाङ: खरसाङको सिंगेल चियाबारीमा निर्माण हुन लागेको बुध्द पार्कको लागि अन्तर्राष्ट्रिय बुद्धिस्ट सङ्गठनकी सदस्या निरा लोप्चनले ५०,००० (पचास हजार) रुपियाँको‌ सहयोग प्रदान गरेकी छन्। सिंगेल चियाबारीमा बुध्द पार्क निर्माण कार्यको निम्ति हाल सिंगेल चियाबगान अन्तर्गत चारधुरा नजिक ढडेनमा बुद्धिस्ट माइनोरिटी वेलफेयर एसोसिएसनद्वारा बुध्द पार्क निर्माण गर्ने भएको छ। उक्त बुध्द पार्क भ्रमण गरेर अन्तर्राष्ट्रिय बुद्धिस्ट संगठनकी सदस्या निरा लोप्चनले निर्माण कमिटीलाई पचास हजार रूपियाँ दिने बचन दिएका थिए। उक्त वचन अनुसार आफ्नो वासस्थानमा नै कमिटीलाई बोलाएर उनले आफ्नो वचन पूरा गर्दै उक्त सहयोग राशि प्रदान गरेकी छन्।उनले आगामी दिनमा पनि सहयोग पुरयाउने वचन दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement