दार्जीलिङ: जीटीए रिलिफ फण्डमा संग्रह भएको राशिमा पहाडको ८७ वटा चिया बगानहरूमा कार्यरत श्रमिकहरूलाई दशैं अघि वितरण गरिनु पर्ने मांग गर्दै हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवर्डले जीटीए चिफ् अनित थापालाई पत्र लेखेका छन्। गत कोरोना संक्रमण कालमा जीटीएले चिया श्रमिकहरूको हितलाई ध्यानमा राख्दै जीटीए चेयरम्यान रिलिफ फण्ड संग्रह गरेका थिए। त्यस अवधि जीटीए चेयरम्यानको पदमा अनित थापा कार्यरत् थिए।कोरोना संक्रमणदेखि मानिसहरूलाई सुरक्षित राख्न सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको थियो। देशव्यापी लकडाउनले चिया बगान एंव चिया श्रमिकहरूको आर्थिक अवस्थालाई ध्यानमा राख्दै तत्कालीन जीटीए चेयरम्यान अनित थापाले जीटीए चेयरम्यान रिलिफ फण्ड संग्रह गर्ने घोषणा गरेका थिए। जीटीए चेयरम्यान रिलिफ फण्डमा २ करोड,१२ लाख, ५७ हजार, ९ सय १३ रूपियाँ संग्रह भएका थिए र यो जानकारी तत्कालीन चेयरम्यान अनित थापाले त्यसै अवधि बताएका थिए साथै संग्रह भएको राशिमा जीटीएले थप राशि थपेर चिया श्रमिकहरूलाई वितरण गरिने समेत तत्कालीन चेयरम्यान थापाले बताएका थिए।तर यतिका दिनहरू बितिसक्दा पनि जीटीए रिलिफ फण्ड चिया श्रमिकहरूमा वितरण नगरिन्दा हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवर्डले जीटीए चिफ अनित थापाको ध्यान आकर्षण गर्दै पत्रचार गरेको छ।जीटीए चिफ थापालाई लेखेको पत्रको प्रतिलिपि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी,जीटीए प्रिन्सिपल सेकेटेरी लालकोठी आदिलाई पनि पठाएका छन्। हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवर्डले जीटीए चिफ अनित थापालाई लेखेको पत्रमा जीटीए रिलिफ फण्डमा संग्रह भएको राशिमा जीटीएले थप राशि थपेर पहाडको ८७ वटा चिया बगानहरूमा कार्यरत श्रमिकहरूलाई दशैं अघि वितरण गरिनु पर्ने मांग गरेका छन्।