जंगपानामा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

IMG-20250630-WA0124

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा जंगपाना शाखा र हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन जंगपाना शाखा साथै जंगपानाको तीनवटा समाजहरु मिलेर नि:शुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरिएको छ‌। भागोप्रमो, ट्रेड युनियन र जंगपाना चियाबारीको तीनवटा समाजहरु आदर्श परिवार, प्रगति संघ र जागृति परिवारको संयुक्त आयोजनामा तथा यङ्ग फिट वेलनेस सिलगढीको तत्वावधानमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ। यस शिविरमा मानिसहरुलाई विभिन्न रोगहरुका जाँच गर्नुको साथै दबाईहरु वितरण गरिएको छ। शिविरमा मानिसहरुलाई मशीन लागाएर विभिन्न रोगहरु जाँच गराएका थिए। यस स्वास्थ्य जाँच शिविरमा नागाल्याण्डका डाक्टर गौरव थापा उपस्थित रहेका थिए भने उनको सहयोगीहरु सागर गजमेर र बिनिता तामाङ उपस्थित रहेका थिए।

यस स्वास्थ्य जाँच शिविरमा जंगपाना क्षेत्रका ७७ जनाले आफ्नो स्वास्थ्य जाँच गराएका थिए। यस शिविरमा डाक्टरहरुले राती ८:३० सम्म बसेर स्वास्थ्य जाँच गराएको जंगपानाबाट हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले जानकारी दिएका छन्।‌ उनले उक्त स्वास्थ्य जाँच शिविरको लागि डाक्टर साथै बिनिता तामाङलाई पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, ट्रेड युनियन र तीनवटा समाजहरुका‌ तर्फबाट धन्यवाद ज्ञापन गरेका छन्।

About Author

Advertisement