अजहर महमूद पाकिस्तानी टीमको अन्तरिम मुख्य प्रशिक्षक नियुक्त

IMG-20250630-WA0119

लाहौर: पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले अजहर महमूदलाई पुरुष टेस्ट टीमको कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गऱ्यो। पीसीबीद्वारा जारी बयानमा भनिएको छ, अजहर महमूदले असाधारण अनुभवको साथ राष्ट्रिय टीमको सहायक मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका छन्। उनी लामो समयदेखि टीमको रणनीतिकार समूहको महत्त्वपूर्ण हिस्सा रहेका छन्। क्रिकेटको बारेमा गहिरो ज्ञान, अन्तर्राष्ट्रिय अनुभव र ईंग्लिश काउण्टी सर्किटमा असाधारण सफलताले उनलाई यस पदको निम्ति असाधारण रूपले उपयुक्त बनाउँछ।
महमूद आफ्नो वर्तमान अनुबन्धको समापन, आउँदो टेस्ट म्याचहरू, अक्टोबरमा दक्षिण अफ्रिकाविरुद्ध घरेलु सीरीज अनि डिसेम्बर–जनवरीमा श्रीलंकाविरुद्ध हुने सीरीजसम्म आफ्नो पदमा कायम रहनेछन्। महमूदलाई २०२४ को शुरुवातमा सीमित ओभरहरूका सीरीजको निम्ति पाकिस्तानको न्यूजील्याण्ड यात्राको अवधि अन्तरिम आधारमा प्रशिक्षक नियुक्त गरिएको थियो।
५० वर्षीय पूर्व अलराउण्डरले २० सालको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। उनले १४३ वटा वनडे र २१ वटा टेस्ट म्याचमा आफ्नो देशको प्रतिनिधित्व गरे। उनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ३ वटा शतक बनाउनको साथै १६२ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement