मिरिक: नाफा र नोक्सानको कुरा झिकेर हामीलाई ठग्ने सपना वा षडयन्त्र त्यागी एकै किस्तामा बीस प्रतिशतको दरले सबै चियाबारीमा छिटोभन्दा छिटो बोनस वितरण गरिनुपर्छ भनी मिरिकका हाम्रो पार्टीको नेता लाडुप घिसिङले आज पत्रकारहरूलाई बताएका छन्। उनले अंग्रेजहरूले देश छोडेर गए तापनि आजसम्म उहि कुशासन र शोषणको शिकार छन् चियाबारीका हाम्रा सन्तानहरू। वर्षैभरि रूझी-भिजी आफुले दिएको श्रमको मोल फेरि बोनसको समयमा हात फैलाउनु पर्ने वाध्यतामा कहिलेसम्म हामी बाँच्न पर्ने?
“यहाँ शताब्दी बितिसक्दा पनि हामीलाई अझै पनि लोकोडा-छोकोडा, औरत-मरदको रूपमा हेर्ने सरोकारबालाहरूले आज आएर नाफा र नोक्सानको कुरा झिकेर हामीलाई ठग्ने सपना वा षडयन्त्र त्यागी एकै किस्तामा २०℅-को दरले सबै चियाबारीमा छिटो भन्दा छिटो बोनस बितरण गरिनुपर्छ” भनी लाडुप घिसिङले आज पत्रकारहरूलाई बताएका छन्। आजको महँगो युगमा प्रबन्धक, मालिक, कम्पनी र उनका छोरा-छोरीहरुले मात्र सुविधा उपभोग गरिरहेका सर्वविदित छ। उच्च शिक्षा र अन्य मूलभूत सुविधाहरू चिया श्रमिकहरूको निम्ति सपना बनिरहेको देख्दा यहाँका कथित नेताहरू पनि उत्तिकै जिम्मेवार छन्। सरकारसँग मिलेर, सरकारकै काखमा लडीबडी गर्छु भन्ने नेताहरू केवल आफ्नो चौकी र सत्ताको निम्ति दगुरे पछि जनसाधरणको चुल्हा-चौका कसरी चल्दैछ त्यो उनिहरूको सिलेबस्-देखि बाहिरको कुरा भइसकेको छ। बोनसको समस्या आज मात्र होइन। केहि वर्ष अघिदेखि ‘किस्ता प्रथा’ भित्र्याउने सरकारी दलालहरू देखि जोगिनु पर्छ। हाम्रो आफ्नो छुट्टै राज्य भएको भए यस्तो दिन देख्नुपर्ने थिएन। गोर्खाल्याण्ड आन्दोलनमा हामी जसरी सँगै थियौं, छौं यो चियाबारीमा आफ्नो रगत-पसिना, जीवन दिएर न्याय खोजी रहेका मेरा सम्पूर्ण दाज्यु-भाइ, दिदी-बहिनीहरूको साथमा उभिएको हुन्छौं भनि लाडुप घिसिङले बताए।