घूम-जोरबंग्लो स्पोर्टिंग क्लब र संकटा फूटबल क्लब विजयी

photocollage_2025629234315856

दार्जीलिङ: दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशन (डीजीएचएसए)-को तत्त्वावधानमा आयोजित त्रिस्तरीय फूटबल लीगमा आइतवार २ वटा म्याच खेलियो। गोर्खा स्टेडियममा खेलिएको पहिलो म्याच (फर्ष्ट डीविजन लीग) मा घूम-जोरबंग्लो स्पोर्टिंग क्लबले साई लेबोंगविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट रोहन राई, डेण्डुप भूटिया र सौरभ बराईलीले गोल गरे।

यसरी दोस्रो म्याच (प्रीमियर डीविजन लीग) मा संकटा फूटबल क्लबले सेण्ट जोसेफ्स कलेजविरुद्ध ३-१ ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट सुदीप दर्जी, एस थापा र अनमोल राईले १-१ गोल गरे। यसरी सेण्ट जोसेफ्स कलेजको तर्फबाट अश्विनले गोल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement