तारपिनमा महिला सभामहिलाहरुको मासिकधर्मबारे खुल्ला चर्चा हुनपर्छः उपाध्यक्ष प्रभा प्रधान

IMG-20250629-WA0115

रिनाक: महिलाहरूमा हुने मासिक धर्म स्वास्थ्यबारे सचेत गराउनका साथै यसलाई दिगोरूपमा कार्यान्वयन गर्ने उद्देश्यले रिनाक निर्वाचन क्षेत्रको तारपिन ग्राम पञ्चायत यूनिटमा मासिक धर्म स्वच्छता दिवस एवं महिला सभा पालन गरियो। कार्यक्रम मुख्य उद्देश्य महिलाहरुमा हुने महिनावारीको समयमा स्वास्थ्यबारे ध्यान केन्द्रित गर्नु र स्थानीय महिलाहरूलाई सुरक्षित र पर्यावरणमैत्री महिनावारी उत्पादनहरू प्रयोग गर्नेबारेमा जागरूकता गराउनु रहेको थियो। कार्यक्रममा पाकिम जिल्लाकी जिल्ला पञ्चायत उपाध्यक्ष प्रभा प्रधान मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन् भने विशिष्ट अतिथिकोरूपमा जिल्ला पञ्चायत सदस्य बबिता गदाइली, पञ्चायती राज विभागीय सचिव दुष्यन्त परियार, अतिरिक्त जिल्लापाल (विकास) रबिन सेवालगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि प्रधानले मासिक धर्मको सुरक्षाबारे किशोरीहरूलाई सचेत गराउनको साथै यसलाई व्यवहारिकरूपमा ल्याउनको निम्ति जागरूगता गराउनुपर्ने आवश्यकतामाथि जोड दिइन्। मासिक धर्मबारेमा उनले परिवार र समुदायस्तरबाट जागरूकता अभियान शुरू गर्नुपर्ने विषयमाथि जोड दिँदै जहाँ महिनावारीबारेमा खुल्ला कुराकानी गर्नु सक्नुपर्ने बताइन्। यस क्रममा सचिव दुष्यन्त परियार र अतिरिक्त जिल्लापाल सेवाले आफ्नो सम्बोधनको क्रममा कमजोर महिनावारी र स्वच्छताको व्यापक स्वास्थ्य प्रभावहरूमाथि प्रकाश पारे। कार्यक्रममा महिनावारीबारे कुराकानीलाई सामान्यकरण गर्न समुदायको संलग्नताको महत्त्व र सुरक्षित र दिगो दुवै स्वच्छता अभ्यासहरू अप्नाउने आवश्यकतामा जोड दियो। सुती लुगा सेनेटरी प्याडलाई सुरक्षित रहने विषयमाथि प्रोत्साहित गरेका थिए।

About Author

Advertisement