संसदीय स्थायी समिति टोलीको राज्यपालसँग शिष्टचार भेट

IMG-20250629-WA0112

गान्तोक: यातायात, पर्यटन र संस्कृति सम्बन्धी प्रारम्भिक स्थायी समितिका सद्स्यहरूले आज राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरे। यस समितिको नेतृत्व राज्यसभा सांसद तथा समितिका अध्यक्ष संजय कुमार झाले गरेका थिए। उक्त प्रतिनिधि मण्डलमा सांसदहरू राजीव प्रताप रुडी, सुरेन्द्र नागर, विश्वेश्वर हेगडे, मोहम्मद अब्दुल्लाह, केई प्रकाश, निरज डाँगी सामेल थिए। यस अवसरमा सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाको पनि उपसस्थिति रहेको थियो। उक्त अवसरमा प्रतिनिधि मण्डलसँग राष्ट्रिय राजमार्गको विकास र मल्ली-सिङतामका लागि प्रस्तावित राष्ट्रिय राजमार्ग- २१० को हालैको उपलब्धिबारे छलफल गरियो। कार्यक्रममा राज्यका स्थानीय र परम्परागत कला, संस्कृति र सम्पदाको संरक्षण मार्फत सञ्चालन भइरहेका विभिन्न प्रयासबारेमा छलफल गरियो। राज्यपालले सिक्किममा भ्रमणका लागि प्रतिनिधि मण्डललाई स्वागत गर्दै यो भ्रमणले राज्यको समग्र विकास र सांस्कृतिक समृद्धिलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement