गान्तोक: भारत नेपालको सीमावर्ती क्षेत्रसित जोड़िएको पश्चिम सिक्किमको उत्तरेमा विद्या भारती सिक्किम प्रान्तद्वारा सञ्चालित सरस्वती संस्कार केन्द्रले विभिन्न शैक्षिक, सामाजिक र सेवात्मक गतिविधिहरू सञ्चालन गरेको छ। संस्थाले स्कूलको माध्यमबाट आममानिसहरुलाई शैक्षिक, सामाजिक, देशभक्ति, सेवा आदिबारे जागरुकता गराउँदै आएको छ। यसबाहेक, स्थानीय कार्यकर्ताहरुले राष्ट्रिय उद्देश्यका लागि निस्वार्थ रूपमा आफूलाई समर्पित गरिरहेका छन्। विद्या भारतीले ती सबै स्वयंसेवकहरूलाई सम्मान गरेको छ।