सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफीः सरस्वती हाई स्कूल र घूम बोइज हाई स्कूल सेमिफाइनलमा

photocollage_2022917165443471.jpg

१७ सेप्टेम्बरः सेण्ट रोबर्टस हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टमा सरस्वती हाई स्कूल, मंगपू र घूम बोइज हाई स्कूलले सेमिफाइनलमा स्थान बनायो। क्लास सेभेनसम्मका नानीहरूले हिस्सा लिने यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा शनिवार खेलिएको पहिलो म्याचमा सरस्वती हाई स्कूलले बदामताम हाई स्कूललाई टाईब्रेकरमा ३-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन।

बदामताम हाई स्कूलका गोलकीपर उज्जवल राईलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै दोस्रो म्याचमा घूम बोइज हाई स्कूलले सेण्ट रोबर्टस ब्ल्यू विरुद्ध ३-२-ले रोमाञ्चक जीत हासिल गऱ्यो। सेण्ट रोबर्टस ब्ल्यू-का इशान्त राईलाई प्लेयर अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टमा जम्मा २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल ३० सेप्टेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement