एसयूमा हेलन जयन्ती

IMG-20250628-WA0114

गान्तोक: राष्ट्रिय लोकोमोटर दिव्याङ्ग संस्थान कोलकत्ता, भारत सरकारको सामाजिक न्याय मन्त्रालयअन्तर्गत दिव्याङ्गहरूको सशक्तिकरण विभागले सिक्किम विश्वविद्यालयको सहयोगमा हिजो सिक्किम विश्वविद्यालयको तादोङस्थित कावेरी हलमा हेलेन केलरको १४५औँ जन्मजयन्ती पालन गऱ्यो। सीआरसी सिक्किमकी निर्देशक पुष्पाञ्जली गुप्ताले सिक्किमलाई यस महत्त्वपूर्ण दिवस आयोजनबारे जानकारी गराए। उनले सिक्किम विश्वविद्यालयलाई कार्यक्रम आयोजनमा सहयोगका लागि आभार व्यक्त गरे। सिक्किम विश्वविद्यालयका उपकुलपति प्रोफेसर अभिजीत दत्तले आफ्नो उद्घाटन सम्बोधनमा पहिलो पटक विश्वविद्यालय परिसरमा यस प्रकारको महत्त्वपूर्ण कार्यक्रम आयोजन गरेकोमा खुशी व्यक्त गरे। उनले हेलेन केलरमा भएको शक्तिमाथि प्रकाश पार्दै जसको कारण उनले आफ्नो जीवनमा आएका अवरोधहरू पार गर्न सफल बनेको र एक विशाल व्यक्तित्व बन्नमा सफल बनेकी उल्लेख गरिन्। उऩले विश्वविद्यालयको प्रतिबद्धतालाई पनि दोहोर्यारए तथा आगामी समयमा विश्वविद्यालयले थप काम गर्ने आश्वासन दिए। कार्यक्रममा डीन प्रोफेसर एनके पासवान, मानव विज्ञान स्कूलका डीन प्रोफेसर सत्यानन्द पाण्डा, इतिहास विभागकी प्राध्यापक तथा प्रमुख डा. अम्बिका ढाका, सङ्गीत विभागका एसोसिएट प्राध्यापक तथा प्रमुख डा. बिलाम्बिता बानी सुधा, चिनियाँ विभागका एसोसिएट प्राध्यापक तथा प्रमुख डा. धृति राय र पर्यटन विभागका एसोसिएट प्राध्यापक तथा प्रमुख डा. अमित कुमार सिंह रहेका थिए। कार्यक्रमका स्रोतवक्ताहरूमा आरपी सिँह, सोनाम भोटिया, पूणम तामाङ र सचिन रिजाल थिए। कार्यक्रममा दिव्याङ्गहरुले आफ्नो सङ्घर्ष र उपलब्धिका कथाहरू सुनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement