प्रधानमन्त्री जन आरोग्य योजनामा दैनिक औषधि खर्च सीमित गरेकोमा भाजपा सिक्किमको आपत्ति – “केंद्रीय मापदण्डविपरीत”

IMG-20250628-WA0115

गान्तोक: प्रधानमन्त्री जन आरोग्य योजना (PMJAY) अन्तर्गत सिक्किम सरकारले प्रति व्यक्ति दैनिक औषधि खर्च १६०९ रुपियाँमा सीमित गर्ने निर्णयलाई लिएर भाजपा सिक्किमले कड़ा आपत्ति जनाएको छ। भाजपा प्रदेश समितिले विज्ञप्ति जारी गर्दै उक्त निर्णयले बिरामीहरूलाई आर्थिक भार पार्ने बताएको छ।
भाजपाका अनुसार, स्वास्थ्य विभागद्वारा २३ मेमा जारी अधिसूचनामा औषधि खर्च सीमा उल्लेख गरिएको छ, जुन योजना लागू गर्ने केन्द्रीय मापदण्डसँग मेल खाँदैन।
पार्टीले नाम्ची अस्पतालमा प्रमुख चिकित्सा अधिकारीलाई भेटी आपत्ति जनाएको छ र केन्द्र सरकारलाई विस्तृत प्रतिवेदन पठाउने तयारीमा रहेको जनाएको छ। भाजपा सिक्किमले योजना प्रभावकारी बनाउन सरकारलाई यथाशीघ्र निर्णय सच्याउन आग्रह गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement