गान्तोक: राष्ट्रिय सुक्ष्म तथा मध्यम उद्यम दिवसको अवसरमा आयोजित कार्यक्रममा दिगो र डिजिटल भविष्यमाथि छलफल गरियो। सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागले आयोजन गरेको कार्यक्रममा विभागीय सचिव कर्मा डी युत्सो र मुख्यमन्त्रीका ओएसडी तथा उद्यमी रिवाज छेत्रीले युवा उद्यमीहरुलाई प्रेरित गरे। संयुक्त राष्ट्र संघको महासभाले दिगो विकासमा गरेका विविध भूमिकाबारे जागरूकता गराइन्। स्मरण रहोस्, प्रत्येक वर्षको २७ जूनलाई उध्यम दिवसको रुपमा पालन गरिन्छ। सिक्किम सरकारले शुरु गरेको एक परिवार, एक उद्यमी योजनाको अवधारणाले धेरै लाभ पुऱ्याउने उल्लेख गरिन्। उनले ९० प्रतिशत व्यवसायहरू एमएसएमई भएको जानकारी गराइन्। जसले ३० प्रतिशत भन्दा बढी जीडीपी, ४५ प्रतिशत उत्पादनमा योगदान पुर्या उँदै एको र ११ करोडभन्दा बढी व्यक्तिहरूलाई रोजगारी प्रदान गरेको जानकारी गराइन्। एमएसएमई कार्यक्रम दुर्गम क्षेत्रहरू र समाजको सामाजिक-आर्थिक संरचनामा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको उल्लेख गरिन्। सांस्कृतिक सम्पदा र पहिचानको संरक्षणमा एमएसएमईको योगदानमा जोड दिँदै, प्रमुख अतिथिले एमएसएमई एकाइहरूलाई विभागको परामर्श, इन्क्युबेशन, ब्रान्डिङ र बजार प्रबन्धन सेवाहरूको सहयोग दिँदै एको जानकारी पनि कार्यक्रममा दिइयो। सचिवले राज्य सरकारले समान अवसर प्रदान गर्ने लक्ष्य राखेर सिक्किम इन्स्पायर्स कार्यक्रम मार्फत महिला र युवाहरूलाई सहयोग गरिरहेको छ जानकारी दिइन्।