मिङयाङ चुम्बोङमा उन्नत अलैंचीको विरूवा वितरण

IMG-20250628-WA0117

गेजिङ: गेजिङ जिल्लाको कृषि क्षेत्रलाई मजबुत बनाउने उद्देश्यले आज गुणस्तरीय, रोगमुक्त ठूला अलैंचीका बिरुवाहरू वितरण गरियो. दिगो कृषिलाई सुदृढ पार्ने दिशामा एउटा महत्त्वपूर्ण पहलको रुपमा शुरू उक्त कार्य गरिएको छ। उक्त पहल सिक्किम सरकारको बागवानी विभागअन्तर्गत मनरेगा र ग्रामीण प्रबन्धन विकास विभागसँगको समन्वयमा एकीकृत बागवानी विकास अभियानअन्तर्गत आयोजन गरिएको थियो। यस कार्यक्रम विशेष गरेर सिङयाङ चुम्बोङ र याङ्ते ग्राम पञ्चायत यूनिटका कृषकहरूको कल्याणको निम्ति आयोजना गरिएको हो। यस अवसरमा बिरुवा वितरणसँगै, कृषकहरूलाई प्रभावकारी रोपण र उत्पादित बिरूवाहरूलाई विभिन्नरूपमा संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको हो। यस प्रकारको पहलले जैविक र दिगो खेती अभ्यासहरूलाई प्रवर्द्धन गर्न, बालीको गुणस्तर सुधार गर्न र स्थानीय किसानहरूको जीविकोपार्जन बढाउन विभागहरूबीचको एक महत्त्वपूर्ण भूमिकाबारे जानकारी गराएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement